एउटा माछा खानु महिना भरी दूषित पानी पिउनु जत्तिको खतरनाक
माछा खाने सौखिनहरू यसको फाइदाबारे धेरै नै कुरा गर्छन् । यो प्रोटिन र ओमेगा–थ्री फ्याटी एसिडले भरपुर हुन्छ भनेर हामीले पढ्ने र सुन्ने गरेका छौँ । मांसाहारीहरूको खानामा माछा धेरै नै पर्ने गर्छ । तर अब माछा पनि विषालु भइरहेका छन् । इनभारोमेन्टल प्रोटेक्सन एजेन्सी तथा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले संयुक्त अनुसन्धानमा अमेरिकाको पोखरी र नदीको पानी असाध्यै दूषित भइसकेका बताउँदै यहाँ बस्ने माछा पनि विषालु भइरहेको जानकारी दिएका छन् । साइन्स डायरेक्टमा छापिएको शोधमा के दाबी गरिएको छ भने फ्रेस वाटर माछामा २७८ गुणा फरेवर केमिकल पाउन थालिएको छ जसले गम्भीर रोग पैदा गर्न सक्छ ।
के हो फरेवर केमिकल ?
यसलाई पर–एन्ड–पोलीफ्लूरोलकिल सब्सटेन्स (पीएफएएस) भनिन्छ । यो त्यो रसायन हो जुन साधरणतया ननस्टिक वा वाटर–रजिस्ट्रेसन कपडा जस्तै रेनकोट, छाता वा मोबाइल कभरमा पाइन्छ । स्याम्पु, नेल पोलिस र आई–मेकअप किटमा पनि यो थोरै मात्रामा हुन्छ । धेरै अनुसन्धानले यसको खतराबारे स्पष्ट रूपमा जानकारी दिएका छन् ।
किन खतरनाक मानिँदैछ ?
यसको प्रत्यक्ष असर विकास र हर्मोनमा हुन्छ । यो थाइरोइड र कोलेस्ट्रोलजस्ता समस्याको कारक तत्त्व हुने गर्छ । यहाँसम्म कि गर्भवतीमा यसका कारण गर्भपतन वा समय अगावै शिशुको जन्म हुनसक्छ । यस्तो बच्चाको शरीर र दिमाग राम्रोसँग विकसित नहुने आशङ्का पनि रहन्छ । सन् २०१७ मा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले पिएफओएलाई स्पष्ट रूपमा ह्युमन कार्सिनोजन भनेको छ । अर्थात् जसका कारण क्यान्सरको आशङ्का रहन्छ । विशेष गरी मिर्गौला र टेस्टिसको क्यान्सर ।
हजारौँ गुणा रसायन भेटिन थाल्यो
अमेरिकी नदी–पोखरीमा लगातार तीन वर्षसम्म अनुसन्धान गरेपछि पानीमा पाइने जीव–जन्तुमा यी केमिकल केही मात्रामा नभई २,४०० गुणा बढी भेटिन थालेको छ । यदि यस्ता सी–फुड तपाईँ महिनामा एक पटक मात्रै खानुहुन्छ भने तपाईँले महिना भरी ब्याक्टेरिया र अन्य कीटाणुले भरिएको पानी पिए सरह हो । वैज्ञानिकले यहाँसम्म भनेका छन् कि वर्ष भरी ४ पटक मात्रै पनि यस्ता माछा खाँदा शरीरमा पीएफएएस खतरनाक स्तरसम्म पुग्न सक्छ । अमेरिकाको एकाध होइन, ४८ राज्यमा यही ढाँचा भेटियो ।
सबैभन्दा डरलाग्दो कुरा यो हो कि जुन पोखरी वा नदी कारखानाबाट टाढा छन्, त्यहाँ पनि पानीमा फरेवर केमिकलको मात्रा बढी पाइयो । अर्थात्, यो केमिकल अब हरेक स्थानमा छन् । स्मरण रहोस्, यो केमिकललाई फरेवर यस कारण भनिएको हो किनभने यो कहिल्यै समाप्त हुँदैन वा सायद हजारौँ वर्षपछि समाप्त हुन्छ होला, जसबारे वैज्ञानिकलाई पनि थाहा छैन । समग्रमा यसलाई प्लास्टिकभन्दा पनि खतरनाक मानिँदैछ ।
तपाईंको आसपास कुन चिजमा छन् यी केमिकल ?
शोध अमेरिकाको हो । हाम्रो देशमा भलै यसबारे अनुसन्धान गरिएको छैन तर केमिकलयुक्त उत्पादन बेस्सरी पाइने गर्छन् । पिज्जा बक्स, फुड र्यापर, टेक आउट डिब्बा, माइक्रोवेभ पपकर्न ब्याग, बेकरी ब्याग, ननस्टिक प्यान, कार्पेट, कारको सिटदेखि छाता, रेनकोट र जे जति कपडा स्टेन वा वाटर–प्रुफ भएको कुरा गर्छन्, ती सबैमा पीएफएएस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?