आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध विरोध प्रदर्शन
![आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको न्यायका लागि सरकारविरुद्ध विरोध प्रदर्शन](https://npcdn.ratopati.com/media/news/prem_QC2Ej9nKR7.jpg)
काठमाडौं । मंगलबार संघीय संसद् अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधबार आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेखेका थिए । प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरूले नयाँ शक्तिको रूपमा सत्तामा पु¥याएकाहरुले यो अवस्थाको सिर्जना गर्नहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताए ।
उनले बैंकहरुले उद्योगीहरुलाई दिने लोनहरुमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने बताए ।
आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारविरुद्ध विभिन्न नाराबाजीसहित विरोध गरेका छन् । ‘यो देश हो कि वधशाला ?, अर्को जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल नेपाल नारा मात्रै हो ? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? यो आत्महत्या होइन हत्या हो ? ठुला व्यापारी कसको आश्रयमा ? स्व.आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पम्प्लेट बोकेर विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिलाको कैदीको बलात्कारपछि हत्या
-
नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन
-
लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र
-
‘काठमाडौँ विश्वविद्यालयको रिफर्म गर्नुपर्ने अवस्था आयो’
-
रियलका लिजेन्ड मार्सेलोद्वारा फुटबलबाट संन्यासको घोषणा