क्यामेरा लिएर बर्न अस्पताल पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे चर्को आलोचना भइरहेको छ । जलेर सख्त घाइते आचार्यलाई भेट्न कार्की मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन् ।
तर, घाइतेलाई भेट्न जाँदा राज्यमन्त्री कार्की क्यामेरा लिएर वार्डमा नै पुगेपछि उनको आलोचना भएको हो । जलेर घाइते बिरामीलाई भेट्न जाँदा उपचारसम्बन्धी प्रोटोकल र संवेदनशीलता अवलम्बन नगरेको, सङ्क्रमणबाट बिरामीलाई जोगाउनुपर्नेमा क्यामेरासहित वार्डमा नै पुगेर लापरबाही गरेको, बिरामीको गोपनीयता हनन गरेको र सस्तो लोकप्रियता हासिल गर्न खोजेको भन्दै मन्त्री कार्कीको आलोचना भइरहेको छ ।
यता, संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान ५ बजे आचार्यको निधन भएको डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर
-
६८ हजार ६ सय ८३ घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु
-
नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल