इरानमा दुई प्रहरीको मृत्यु
मङ्गलबार, १० माघ २०७९, २२ : ३६

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा ‘ठग’ हरूले गरेको आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।
मुख्तार मोमेनी र अबुजर ओमिदवार नामका दुई प्रहरी अधिकारीहरू स्थानीय समयअनुसार बिहान करिब २ बजे बमपुर काउन्टीको प्रवेशद्वारमा आफ्ना सहकर्मीहरूसँग गस्ती गरिरहेका बेला आक्रमण भएको प्रान्तका प्रहरी कमाण्डर मोहम्मद कानबारीले बताएका छन् ।
कनबारीका अनुसार आक्रमणपछि ‘ठगहरू” घटनास्थलबाट भागेका थिए । संदिग्ध आक्रमणकारीहरूको खोजी जारी छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा