दीपकराज गिरीले भने-रवि र बालेनलाई ५ वर्ष विश्वास गरौं
मङ्गलबार, १० माघ २०७९, २० : ४७
काठमाडौँ । कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडांै महानगरपालिकाको मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् ।
पछिल्लो समय रवि र बालेनले गरेको कामको विषयमा सामाजिक सञ्जालमा विभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तीमा पनि ५ वर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षाै विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौ ।’
पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा टिका टिप्पणी बढी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...