श्रीलङ्काको वैदेशिक रोजगार विभागको ८२ लाख डलर राज्यकोषमा
मङ्गलबार, १० माघ २०७९, १६ : २९

कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो ।
श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको रु तीन अर्ब राज्यकोषलाई सोमबार हस्तान्तरण गरिएको बताइन् । रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम सङ्कलन भएको हो ।
राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा रु १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले बताइन् । गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्याङ्कले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने