‘भूकम्पको इपिसेन्टर’ बाजुरामा ठाउँठाउँमा घर भत्किए

बाजुरा । बाजुराको मेला केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा घर भत्किएको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विभिन्न स्थानमा घर भत्किएको हो । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको छ ।
यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।
यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ ।
मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ ।
यसैबीच कर्णालीका कुनैपनि जिल्लामा भूकम्पबाट क्षति भएको विवरण नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
-
‘लाठे’ लोकतन्त्र किन लड्बडायो ?
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह