४ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्ररहीको केन्द्रीय समाचार कक्षका अनुसार नवलपरासीको कावासोती नगरपालिका-१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-६ स्थित गिरनारी कुट्टीमा अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका-६ पकने मराङसिङस्थित बारीमा पनि धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय ईक बहादुर खड्का चोट लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण