बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता, पीडित परिवार पुग्दा घरमा कोही भेटिएन

रौतहट । बिहे गरेर भारत पुगेकी नेपाली चेली बेपत्ता भएकी छन् । रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीया रिंकु कुमारी सोनी बेपत्ता भएकी हुन् ।
भारत बिहार पताही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँमा बिहे गरेर पुगेकी उनी गत शनिबारदेखि बेपत्ता भएकी हुन् ।
उनका श्रीमान ३५ वर्षीयप्रदीप साह सोनारसहित परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन भएका छन् । माइती पक्षले छोरीको हत्या भएको हुन सक्ने आशंका गर्दै सोही कारण ज्वाइँसहितको परिवार सम्पर्कविहीन बनेको आरोप लगाएका छन् ।
ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग २ लाख रुपैयाँ मागेको र सो दिन नसक्दा छोरी बेपत्ता हुन पुगेको रिंकुकी आमा सोमारी देवीले बताइन् ।
रिंकुका भाइ संजिव सोनीका अनुसार आइतबार साँझ ज्वाइँ प्रदीप साहले फोन गरेर रिंकु सोनीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएका थिए । त्यसपछि आफूहरु भारत जाने तयारी गर्दैगर्दा फेरि फोन गरेर दाहसंस्कार गरिसककेको बताएर फोन काटेको उनको भनाइ छ ।
आइतार राति ११ बजे माइती पक्ष छोरीको घर पुग्दा सोनारको घरको मुलढोकामा ताला लागेको थियो । भोलिपल्ट गाउँमा सोधीखोजी गर्दा कसैले पनि भरपर्दो जवाफ नदिएको र फोन गर्दा फोन बन्द रहेको पीडित पक्षको भनाइ छ । लगत्तै पतांही थानामा गएर भारतीय प्रहरी लाई घटनाबारे बताउँदा कुनै वास्ता नगरेको संजिवको भनाइ छ ।
लामो समयदेखि रौतहटस्थित राजपुर चोकमा प्रदीपका बुवा ललन साहले सुनचाँदीको व्यवसाय गर्दै आएका थिए । यता साहले पसलका सबै सामान लगेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय राजपुरमा उजुरी दिँदा सई अरुण सिंह नेतृत्वको टोलीले पसलमा खानतलासी गर्दा सामानहरु सबै लिएर गइसकेको खुलेको हो । पहिलै देखि फरार रहेकाले घटना सुनियोजित भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
करिब ३० बर्ष अघिदेखि राजपुर चौकमा सुनचाँदी व्यवसाय गर्दै आएका ललन साहको छोरा प्रदीपले रिंकुसँग तीनबर्ष अघि हिन्दु परम्परा अनुसार बिहे गरेका थिए ।
गत बर्ष पहिलो सन्तानको रूपमा अस्पतालमा छोरीको जन्म भएलगत्तै शिशुको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढामगरले घटनाको पुष्टि गर्दै सत्यतथ्य छानबिनको लागि भारतीय समकक्षीसँग कुरा भैरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय