विवाह बन्धनमा बाँधिए आथिया र राहुल
मङ्गलबार, १० माघ २०७९, ०९ : १८
![विवाह बन्धनमा बाँधिए आथिया र राहुल](https://npcdn.ratopati.com/media/news/athiya_slunBEzIqf.jpg)
मुम्बई । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो ।
आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा दुवैले एकअर्काेको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् ।
‘आज हामीले हाम्रा प्रियजनको उपस्थितिमा त्यो घरमा विवाह गरेका छौ । जसले हामीलाई अपार खुसी र शान्ति दिएको छ’, उनले अगाडि लेखेकी छन् ‘हामी हृदयदेखि यो नयाँ यात्राको लागि तपाईको आशीर्वाद चाहन्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण
-
धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
-
लेबनानमा नयाँ सरकार गठन
-
वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो
-
प्रचार, प्रतिवेदन र पत्राचारमै अलमलिए स्वास्थ्य मन्त्रीका निर्णय