प्रदेशको भागबन्डा मिलाउन नसकेका मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग मागे सहयोग
मङ्गलबार, १० माघ २०७९, ११ : २३

काठमाडौँ । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]