अफगानिस्तानमा शीतलहरका कारण १०० जनाभन्दा बढीको मृत्यु

काबुल । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घरहरू क्षतिग्रस्त भएका तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन् ।
अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् ।
'मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्पतालमा छन्', उनले टोलो न्युजलाई बताए ।
टोलो न्युजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू अत्यधिक चिसोको सिकार हुने गर्दछन्।
फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने,'धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू केहीपनि छैन।'
तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईबस्तु मरेका छन् ।
टोलो न्युजले हालै उल्लेख गरेअनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तीमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।
हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन्।
गत २४ घण्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १ सय ४० जना बिरामी ल्याइएको अस्पतालका प्रमुख अहमद फरहाद अफजालीले टोलो न्युजलाई बताएका छन्।
तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। चिसोका कारण चार प्रदेशमा १६ जनाको मृत्यु भएको टोलो न्युजले जनाएको छ । (रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी