'आर्थिक विकासका लागि आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्नुपर्छ'

रुपन्देही । मुलुकको आर्थिक चलायमान राख्न आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको कार्यक्रममा पर्यटनको विकास नै आर्थिक संवृद्धिको आधार भएको उल्लेख गरेका हुन् ।
उनीहरुले सडक खाना महोत्सवले आन्तरिक पर्यटकका लागि फलदायी भएको भन्दै बुटवलमा रात्रिकालीन बजार जरुरी रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले चौंथो खाना महोत्सव सफल बनाउन सहयोग गर्नेप्रति धन्यवाद दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले बुटवलमा रात्रिकालीन बजार सञ्चालन गर्दा शान्ति सुरक्षाको चुनौती बढेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले व्यवसायी र प्रहरी प्रशासनको सम्बन्ध समन्वयकारी हुनुपर्नेमा जोड दिए ।
त्यस्तै संघका संस्थापक सचिव तथा पर्यटन व्यवसायी माधव नेपालले संसारका हरेक मुलुकहरू आन्तरिक पर्यटन प्रवद्धनबाट चलायमान भएकाले बुटवललाई पनि आन्तरिक पर्यटकको हब बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्