पल्सर स्पोर्टस् अवार्डमा ५ वटा मोटरसाइकल दिइने

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७९ फागुन २३ गते हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै १९औं संस्करणको पल्सर स्पोट्र्स अवार्ड २०७९ आगामी फागनु २३ गते गर्ने जनाएको हो । २०७९ सालभर नेपाली खेलकुदमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्फत सम्मान गरिनेछ । सोमवार नै एनएसजेएफ स्पोट्र्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ ।
सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रवन्ध निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु-याएका खेलकर्मीको सम्मानमा जोडिन पाउँदा खुशी लागेको बताए ।
अवार्ड कार्यक्रममा मञ्चले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेण्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्टलाई अवार्ड वितरण गर्दैछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।
अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी शुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म