वैदेशिक व्यापार : ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनादेखि पुुस महिनासम्ममा उक्त मूल्य बराबरको आयात भएको हो । गत आर्थिक वर्षको यही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको आयात भएको थियो । जुन, यो वर्षको तुलनामा २०.६८ प्रतिशतले बढी हो ।
यस्तै, चालू वर्षको यस अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ३२.०१ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्षको यहि अवधिमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालको निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापार समेत खुम्चिएको छ । गत आर्थिक वर्षको ६ महिनामा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यसमा २१ प्रतिशतको गिरावट आएसँगै चालू वर्षमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २ खर्ब ४५ अर्ब रुपैयाँको गिरावट हो ।
यसैगरी, नेपालको वैदेशिक व्यापार घाटामा समेत उल्लेख्य सुधार आएको छ । भन्सार विभागका अनुसार चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । जबकि, गत वर्षको यही अवधिमा वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । यो १ खर्ब ६८ अर्ब ६४ करोडले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’