सुरु भयो अक्षय र टाइगरको ‘बडे मियाँ, छोटे मियाँ’

मुम्बई । एक्सन हिरो अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकन सुरु भएको छ । निर्देशक अलि अब्बास जफरले मुम्बईको यशराज स्टुडियोमा फिल्मको शुभ–मर्हुत गर्दै काम अगाडि बढाएका हुन् ।
अभिनेता अक्षय कुमार आफैंले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् । अक्षय र टाइगर एउटै फिल्ममा पहिलो पटक देखिन लागेका हुन् । अक्षयले फिल्ममा आफूलाई टाइगर श्राफले साथ दिने भन्दै फिल्मका लागि आफू उत्साहित रहेको समेत बताएका छन् ।
पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ सन् २०२३ को अन्त्यसम्म रिलिज हुन सक्छ । अक्षय कुमारसँग अहिले थुप्रै फिल्म हातमा छन् । केही दिनअघि अक्षय फिल्म ‘हेरा फेरी ३’ लाई लिएर निकै चर्चामा थिए । त्यसपछि उनले फिल्म छोडेको खबर बाहिरियो । फिल्ममा ठाउँमा कार्तिक आर्यन भित्रिएको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : पीएसभीको पोष्टमा आर्सनलको गोल वर्षा, डर्टमण्ड रोकियो बराबरीमा
-
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म