बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

सोमबार, ०९ माघ २०७९, १५ : २९
सोमबार, ०९ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

यसअघि कर्णालीका बासिन्दालाई मिर्गौला प्रत्यारोपण गर्न काठमाडौं पोखरा जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको  अन्त्य गर्न कर्णालीमै मिर्गौला प्रत्यारोपणको सेवा विस्ता रहेको अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए ।

उनका अनुसार प्रदेश अस्पतालले चालु आर्थिक वर्षमा थप अन्य सेवाहरू विस्तार गर्ने तयारी गरिरहेको छ  । अस्पतालले हाल २९७ श्यामा सेवा दिइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप