क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले त्यसबारे छानविन गरेको थियो । छानविन समितिमा डिएसपी सुन्दर तिवारी सहितका अधिकृतहरु सदस्य थिए । सिआईबीका एआईजी उत्तमराज सुवेदीलाई समितिले प्रतिवेदन बुझाएको हो ।
समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।
छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको प्रारम्भिक छानविनबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल