आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

सोमबार, ०९ माघ २०७९, १२ : ०४
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर सदस्यलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७८७९ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर लाभांश दिने भएको हो । 

साथै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत लघुवित्तले गरेको छ ।  शुक्रबार बसेको लघुवित्त सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश भने नियामक राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको वार्षिक साधारणबाट पारित भएपछि सेयर धनीहरुलाई वितरण हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप