कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने
सोमबार, ०९ माघ २०७९, १० : ३७
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, कर प्रयोजनका लागि भन्दै लघुवित्तले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ । हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ छ । यसको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।
यस्तै, १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।