बैंक
क्यालिफोर्निया गोलीबारी : ७२ वर्षका सन्दिग्धले आफैँलाई गोली हाने
सोमबार, ०९ माघ २०७९, १० : १३

अमेरिकाको क्यालिफोर्नियामा गोली चलाउने व्यक्तिले आफैलाई गोली हानेका छन् । बन्दुकधारीको नाम हु चान ट्रान थियो, जो ७२ वर्षका थिए ।
हु चान ट्रान एक सेतो भ्यानमा थिए जसलाई प्रहरीले चारैतिर घेरेका थिए । यो देखेर उनले आफैँलाई गोली हानेका थिए । प्रहरीका अनुसार यो घटनामा अरू कोही सन्दिग्ध छैनन् ।
प्रहरीले गोली चलाउनुको कारण पत्ता लगाउन सकेको छैन ।
गोलीबारीमा १० जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको थियो, जहाँ चिनियाँ नयाँ वर्ष मनाउन हजारौँ मानिस भेला भएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणबाट उठेका प्रश्नहरूको ‘उत्तर खोज्न’ गोलीबारीको अनुसन्धानमा पूर्ण सङ्घीय समर्थन दिइने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?
-
चीनले किन जारी गर्यो ८५ हजार भारतीयलाई भिसा ?
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
-
कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था नाजुक, ९ महिनामा २० प्रतिशतमात्रै खर्च
-
पेरुका पूर्वराष्ट्रपति र उनको पत्नीलाई १५ वर्षको जेल