सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एटलान्टासँग युभेन्ट्स बराबरीमा रोकियो

सोमबार, ०९ माघ २०७९, ०७ : १८
सोमबार, ०९ माघ २०७९

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि एन्जल डी मारिया, आर्काडिउस लिलिक र डानिलोले एक–एक गोल गरे ।

यता एटलान्टाका लागि डेमोला लुकम्यानले दुई गोल गरे । त्यस्तै जोकिम मेलेले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एटलान्टाले बनाएको थियो । बराबरीसँगै एटलान्डाले १९ खेलबाट ३५ अंक जोडेको छ । एटलान्टा तालिकाको पाँचौं स्थानमा छ । यता युभेन्ट्स २३ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप