पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु

काठमाडौं । स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । शनिबार दिउँसो गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल प्रमुख वक्ता थिए ।
नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले शहिद निजामति पार्क पर्यावरणका हिसाबले काठमाडौँको दक्षिण क्षेत्रका लागि हब बनाउन सकिने बताए । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा पार्क निर्माण तथा व्यवस्थापनको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएपश्चात यसलाई दक्षिण एसियाकै उत्कृष्ट पार्कका रुपमा चिनाउन सकिने बताए ।
यस्तै पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शहिद दिवसको दिन पार्क उद्घाटन गर्नेगरि अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पार्क नजिक देखिएको निर्माण सामग्री, फोहोर व्यवस्थापनको बाँकी काम विस्तारै हुँदै जाने पनि उनको भनाइ छ । कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए ।
नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका १०० वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ । जसको सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट गरिएको हो ।
काठमाडौँ उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ । पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो बैशाखमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल पर्यटन महोत्सव’ आयोजना गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त