पाँच गोलको थ्रिलरमा आर्सनलको उत्कृष्ट पुनरागमन

लण्डन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको आर्सनलले उत्कृष्ट जवाफ दिँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गर्न सफल रह्यो ।
खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको १७ औँ मिनेटमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मार्कस रासफोर्डले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर लगत्तै एडी एनकेटियाले ग्रानिट जाकाको क्रसमा आर्सनललाई खेलमा फर्काए ।
दोस्रो हाफमा बुकायो सकाले आर्सनललाई दिलाए पनि युनाइटेडले पनि ६ मिनेटपछि नै लिसान्ड्रो मार्टिनेजको गोलमा खेल बराबरी गर्न सफल भयो । बराबरीतर्फ अग्रसर खेलको अन्तिम मिनेटमा एनकिटेयाले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोमाञ्चक जीत दिलाए ।
१९ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलको ५० अंक रहेको छ भने २० खेल खेलेको युनाइटेडको ३९ अंक छ । युनाइटेड तालिकामा चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीले २० खेल खेल्दै ४५ अंक बटुलेको छ भने तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला