चितवन राष्ट्रिय निकुञ्जमा एक महिनाको गैँडा मृत अवस्थामा भेटियो
आइतबार, ०८ माघ २०७९, १९ : २९

चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए ।
तिवारीका अनुसार प्राकृतिक कारणले गौँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू