फोटोफिचर
राजधानीमा सोनाम ल्होसारको रौनक, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०८ माघ २०७९, १६ : २५
_Z0HJlgIz8x.jpg)
काठमाडौँ । आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछारमनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो । हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
हेरौं आइतबार राजधानीमा आयोजित ल्होसार कार्यक्रमका तस्बिरहरु :