मंगलबार पानी पर्ने सम्भावना

काठमाडौँ । आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।
‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो । अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि पश्चिमतिरबाट पानी पर्ने प्रणाली प्रवेश गर्ने देखिन्छ । यसरी प्रवेश गरेको मौसमी प्रणाली २÷३ दिनसम्म रहन सक्छ ।’
मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । तर, भारी वर्षा हिमपात भने नहुने अनुमान गरिएको छ । यसरी वर्षा र हिमपात भएमा कृषकलाई फाइदा हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?