आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै कृति भेञ्चर

आइतबार, ०८ माघ २०७९, १५ : ०८
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । कृति भेञ्चर फन्डले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । यो विभिन्न कम्पनीहरुमा लगानी गर्ने कोष हो । कोषले राम्रो योजना र सम्भावनासहित स्थापना भएका नवप्रर्बतनात्मक उद्यम र अन्य प्रकारका व्यवसायमा लगानी गर्दै आइरहेको छ ।

भेञ्चरको पोर्टफोलियामा अनलाईन फूड डेलिभरी कम्पनी फूडमान्डु, ह्वाइट लोटस मोटर्स, नेपाल वेयरहाउसिङ कम्पनी, पशुपति रिन्यूयबल्स, वाइस याक लगायतका कम्पनी छन् । यस्तै, यसको पोर्टफोलियोमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको रियलस्टेट समेत सामेल छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप