२५ वर्ष पुरानो जहाज बेचेर एटीआर खरिद गर्दै बुद्ध एयर

काठमाडौँ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।
बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८ मा ’नाइन एन एईडब्लूु दुईवटा जहाज खरिद गरेको थियो । २५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो । यद्यपि, पुरानो जहाज भएपनि उचित मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुदा क्यानडियन कम्पनीले खरिद गर्न लागेको बुद्ध एयरको भनाइ छ । योसँगै कम्पनीले तीनवटा नयाँ एटीआर जहाज तत्काल थप्ने तयारी गरेको छ । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ ५०० एयरक्राफ्टसँगै ३ वटा एटीआर–४२ जहाज रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा