गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एकको मृत्यु, तीन बिरामी
आइतबार, ०८ माघ २०७९, १० : १०

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको बिरामी भएका छन्।
मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन आएका मिस्री हुन ।
गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए ।
उनले गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य तीन जना होसमा आइसकेका छन् । तीन जनाको आइसियुमा उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक