चाडपर्व र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो : प्रदेश प्रमुख परियार
आइतबार, ०८ माघ २०७९, ०७ : २३

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् । जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।”
मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उनले बताए । प्रदेश प्रमुख परियारले तामाङ समुदायको यस परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य