बेइजिङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो
आइतबार, ०८ माघ २०७९, ०७ : ०८

बेइजिङ—तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ ।
मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए ।
खोज तथा उद्धार कार्य शुक्रबार साँझ सम्पन्न भएको थियो । उक्त क्षेत्रका सडक कच्ची रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण