बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च बार एशोसिएशनको नयाँ कार्य समितिलाई पद हस्तान्तरण

शनिबार, ०७ माघ २०७९, २३ : ००
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमितिलाई पद हस्तान्तरण भएको छ । बारको आज आयोजित पद हस्तान्तरण कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । 

नयाँ कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । साथै उपाध्यक्षमा जगदीशप्रसाद पाण्डे, सचिवमा श्यामकुमार खत्री, सहसचिवमा सुजन लोप्चन, कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल विजयी भएका छन् ।

एक महिला सदस्यमा सिर्जना कँडेल र सदस्यमा उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी प्रभुजी पन्त, अनुपराज उप्रेती, देवी रेग्मी पोखरेल विजयी भएका छन् ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जना हुने कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप