नेकपाको केन्द्रीय समिति बैठक : महासचिव विप्लवको दस्तावेज पारित
![नेकपाको केन्द्रीय समिति बैठक : महासचिव विप्लवको दस्तावेज पारित](https://npcdn.ratopati.com/media/news/biplab_MHsEpGGvfM.jpg)
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको हो । बैठकमा महासचिव विप्लवले राखेको दस्तावेज (प्रस्ताव) पास भएको छ ।
बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएको सो पार्टीका एक केन्द्रीय सदस्य जानकारी दिए । महासचिव विप्लवले बैठकमा ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौं ,एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’ भन्ने शीर्षकको ११ पृष्ठ लामो दस्तावेजमा प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी केन्द्रीय सदस्य हरुले उक्त प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । शनिबार महासचिव विप्लवले केन्द्रीय सदस्यहरुका जिज्ञासा, सुझाव र योजनाका विषयमा प्रशिक्षण दिएका थिए । बैठक आइतबार बिहान ८:३० बजेकासम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता