मधेश प्रदेशका ८ जिल्लामध्ये बारामा सबैभन्दा धेरै कुष्टरोगी
बारा । मधेश प्रदेशका आठ जिल्लामध्ये बारामा कुष्टरोगीहरुको संख्या सबैभन्दा बढी रहेको एक अनुसन्धानले देखाएको छ । बारा जिल्लामा मात्रै ६ सय १३ जना नयाँ कुष्टरोगी फेला परेको लेप्रोसि मिसन नेपालले जनाएको छ ।
शनिवार लेप्रोसी मिसन नेपालले बाराका सञ्चारकर्मीहरुका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याकं सार्वजनिक गरेको हो । अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लामध्ये बारा पहिलो स्थानमा छ भने पर्सा दोश्रो र रौतहट तेश्रो स्थानमा रहेको तथ्यांकले देखाएको छ ।
बारामा ६ सय १३, पर्सामा ५ सय ४१ र रौतहटमा ५ सय ३८ कुष्ट रोगीको नयाँ केश फेला परेको लेप्रोसी मिसन नेपालकी तीन जिल्ला हेर्ने अनुगमन तथा मूल्यांकन अधिकृत ऋजु तिवारीले जनाएकी छन् । उनले कुष्टरोगलाई पापको फल भनेर सामाजिक रुपमै विभेद गरिने भएकोले कुष्टरोग लागेकाहरुले रोग लुकाउने र उपचार गराउन समेत नजाने गरेको टिप्पणी गरेकी छिन् । कुष्टरोगीहरु स्वयम् खुलेर उपचारका लागि नजाँदा शारीरिक अपाङ्गता भएर समाजबाट झनै अपहेलित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
कुष्टरोगीप्रतिको सामाजिक दृष्टिकोण फेर्न र उपचारमा उनीहरुको सहज पहुँच स्थापित गर्न पत्रकारको भूमिका अहम् रहेकोले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक लेप्रोसि मिशन नेपाल सिमरा शाखाले जनाएको छ । चालू आवको ५ महिनामा देशभर २ हजार १७३ नयाँ कुष्ठ रोगी फेला परेको र त्यसमा सबैभन्दा धेरै मधेश प्रदेशमा रहेको लेप्रोसी मिसन नेपाल बारामा कार्यरत डा। प्रकाश ढुंगानाका जनाएका छन् ।
संस्थाले कुष्टरोगी पहिचानकै लागि बाराको १६ वटा पालिका मध्ये सबैभन्दा धेरै कुष्टरोगी भएको पचरौता नगरपालिकामा अगामी साता छाला रोगको शिविर समेत राखेको छ । पचरौता नगरपालिकामा मात्रै १ सय २ जना कुष्ठरोग प्रभावित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ