ओलम्पिकमा क्रिकेट समावेशको अन्तिम तयारीमा आइसीसी, कति टोली हुनेछन् सहभागी ?

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२८ मा लस एन्जलमा हुने ओलम्पिकमा महिला र पुरुषको ६–६ टोली तयारीसहित सिफारिस गरेको छ । ओलम्पिकमा हालसम्म क्रिकेट प्रतियोगिता हुँदैन । आइसीसीले विश्वकै ठूलो प्रतियोगितामा क्रिकेट समावेश गर्ने तयारीका साथ अघि बढेको हो ।
आइसीसीको यो तयारीमा अन्तर्राष्ट्रि ओलम्पिक कमिटिले हालसम्म कुनै निर्णय लिएको छैन् । यो विषयमा ओलम्पिक कमिटिले यो वर्षको अक्टोबरमा निर्णय लिनेछ । यो विषयमा मार्चसम्म आईसीसीले प्रतियोगितामा समावेस हुने खेलहरुको लिस्ट तयारी पार्ने र मुम्बईमा हुने आईओसीको सत्रबाट अनुमोदन गर्ने छ ।
यदि ओलम्पिक कमिटिले निर्णय गरेको खण्डमा निर्णय हुने समयमा आईसीसीका शीर्ष वरीयतामा ६ टोलीले सहभागिता जनाउनेछन् । यद्दपि आईसीसीले प्रतियोगिताको फर्म्याट विषयमा कुनै निर्णय लिएको छैन् । आइसीसीले टी–ट्वान्टी र्फम्याटमा प्रतियोगिता गर्ने तयारी गरेको छ ।
किन ६ टोली मात्र ?
आइसीसीले ६ टोलीको प्रस्ताव गर्नु पछाडिको कारण ओलम्पिक एजेन्डा सन् २०२० को ५ प्लस रणनीतिक योजनाको एक भाग हो । ओलम्पिक कमिटिले प्रतियोगिताको खर्च कटौती गर्ने हिसावमा पनि यो निर्णय गरेको हो ।
ओलम्पिक कमिटीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा एथ्लेटिक्समा सहभागिता जनाउने खेलाडीको पनि सख्या घटाउने छ । जसमा १० हजार ५०० खेलाडीले सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिकमा ११ हजार ३०० खेलाडीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु