सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल, खतराको घण्टी बज्यो : महत
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन सुरु भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामीले एउटा मुद्दामा हामी खडा भएको हो । हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ । त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ । यो सभामुखको पद र राष्ट्रपतिको पद यो संवैधानिक पद मात्रै नभएर पार्टीको दलगत स्वार्थ भन्दा माथि उठेर संविधान रक्षाको पक्षमा, कानुनी शासनको पक्षमा र संसद्को गरिमा र मर्यादालाई कायम राखेर एक पक्षमा हुनुपर्ने भएकाले अहिले जसरी सत्ताधारी दल र त्यो पनि ओलीजीको संयोजनमा जसरी उम्मेदवारी दिइरहेको छ, त्यसले संविधानमाथि नै भोलि कुठाराघात हुने खतरा भएको छ । त्यसैकाप्रति हामीले खबरदारी गरेका छौँ । गठबन्धनलाई फ्याक्शन गराउने भन्दा पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु संविधानको रक्षाका लागि गठबन्धन बन्यो । अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजीले संसद् विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्ने भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने उहाँहरूकै हातमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री