चार जनालाई आदिवासी जनजाति चलचित्र विशेष सम्मान

सुनसरी । वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको हो ।
बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरेको थियो । यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो ।
‘आदिवासी जनजाती चलचित्रको महत्त्व र आवस्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ–आफ्नो झाँकी, भाषिक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद् अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु : दुर्गा प्रसाईं