शाहरुख–दीपिकाको ‘पठान’ को अग्रिम बुकिङ सुरु, १ लाखभन्दा बढी टिकट बिक्री

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । पठानको अग्रिम बुकिङ सुरु भइसकेको छ । चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै अग्रिम बुकिङमा १ लाख १७ हजार टिकट बिक्री भइसकेको खुलासा गरेका छन् । तरण आदर्शले पठानलाई बक्स अफिसमा ‘सुनामी लोडिङ’ भएको बताउँदै पीभीआरले पठानका लागि ५१ हजार टिकट बिक्री गरेको र आइनक्सले ३८ हजार ५०० टिकट बिक्री गरेको बताए ।
योसँगै सिनेपोलिसमा २७ हजार ५०० टिकट बिक्री भइसकेको छ । तरणका अनुसार यो आँकडा बिहीबार (माघ १९) राति ११ बजेसम्मको हो र माघ २० गतेदेखि यसको अग्रिम बुकिङ अझै बढ्ने छ । ‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा २५ जनवरीमा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ । शाहरुख खान चार वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कदैछन् ।
उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी चार वर्षमा उनले 'ब्रह्मास्त्र', 'लाल सिंह चड्ढा' र 'रकेटरी' जस्ता फिल्महरूमा क्यामियो गरे। लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्। फिल्मको बजेट करिब २५० करोड रहेको छ । फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने