उपसभामुखमा दोहोरिएला त डा. रामवरण यादवको जस्तो परिवेश ?

काठमाडौँ । प्रतिनिधि सभाका लागि उपसभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उम्मेदवार बनेकी छिन् भने कांग्रेसबाट मुक्ता यादव उम्मेदवार बनेकी छिन् । उपसभामुखमा नजित्ने भएपछि कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाएको छ । सभामुख पदका लागि पनि कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।
यसरी हार्ने निश्चित भएपछि कांग्रेसले यस खालको उम्मेदवार उठाउने गरेको छ । पहिलो पटक राष्ट्रपतिको चुनाव हुँदा माओवादीले रामराजा प्रसाद सिंहलाई उम्मेदवार बनाएको थियो । त्यसमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको पनि समर्थन थियो ।
रामराजा प्रसाद सिंह गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने लगभग निश्चित थियो । सबै मधेसी दलले सिंहलाई नै साथ दिने भएका थिए । त्यो देखेर काँग्रेसले मधेस मूलका डा.रामवाण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । राष्ट्रपतिको चुनाव हुने केही घण्टा पहिले मात्र उपेन्द्र यादव नेतृत्वको फोरमले कांग्रेसलाई समर्थन गरेर डा. रामवरण यादवलाई मतदान गरेको थियो ।
यसरी फोरमले कांग्रेसलाई अचानक साथ दिएपछि डा.रामवाण यादव राष्ट्रपतिमा विजय भएका थिए । जसको बारेमा काँग्रेसले कल्पना समेत गरेको थिएन । यदि जित्ने निश्चित भएको भए गिरिजा प्रसाद कोइराला आफै उम्मेदवार बन्ने थिए । तर निश्चित नभएको कारण कांग्रेसले डा.रामवाण यादवलाई उम्मेदवार बनाएको थियो ।
अहिले कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाएको छ । कांग्रेसले यो चुनावमा त्यो बेलाको फोरम र अहिलेको जसपासँग मतको आस गरेको छ ।
मधेसी मूलको भएको कारणले अन्य दलहरूले पनि आफूलाई मत दिएर जिताउनेमा आफूलाई विश्वास लागेको यादव बत्ताउँछिन् । उनले विभिन्न दलसँग पार्टीले कुराकानी भइरहेको र विपक्षी दलहरूले पनि मत दिने आश्वासन दिएको बताइन् ।
कांग्रेसको उम्मेदवारलाई माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको साथ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति