कविता : अर्काको लागि को रून्छ र ?
मैले देखेको छैन
कोही अर्काको लागि रोएको
ऊ आफ्नै लागि रून्छ
ऊ दया गरे जस्तो गर्छ
तर तिम्रै व्यथालाई
आफ्नै व्यथा ठानेर
तिम्रै मन जस्तो गरेर
आफ्नो मन पगालेर
कहाँ रून्छ र ?
बेग्ला बेग्लै हुन्छ त्यो रूवाइ
कोही बिछोडिदा
कोही दुखिदिँदा
कोही बिपत्तिमा पर्दा
कोही असफल हुँदा
कोही साथ छुटिदिँदा
कोही मन टुटिदिँदा
बोलिरहेको हुन्छ त्यो आँसु
सुँक्क सुँक्क आवाजसंगै
माया गरेजस्तो गर्नेले
बर, बिचारा भन्नेले
कहाँ सुन्छ र त्यो पीडा
कहाँ अनुभव गर्छ र त्यो व्यथा
कहाँ बुझ्छ र त्यो चित्कार
कहाँ देख्छ र वेदनाको घाउ ।
मैले यत्ति देखेको छु
रूनेले आफूलाई
आफै नै सम्हालिरहेको हुन्छ
चित्त बुझाउने कोसिस गरिरहेको हुन्छ
ओठ ट्याप्प पारेर
घुँक्क घुँक्क आवाज
रोक्न कोसिस गरिरहेको हुन्छ
आँखा ढकनीले ट्याप्प ढाकेर
परेलीबाट चुहिरहेको आँसु
रोक्ने प्रयत्न गरिरहेको हुन्छ ।
बिछोडिएको भएपनि
दुःखेको भएपनि
बिपत्तिमा परेपनि
असफल भएपनि
कसैसंग साथ छुटेपनि
कोमल मन टुटेपनि
तिम्रो लागि तिमी मात्र रून्छौ
तिम्रो व्यथालाई
आफ्नै व्यथा ठानेर
तिम्रै मन जस्तो गरेर
आफ्नो मन पगालेर
अरू को पो रून्छ र ?
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित