बराबरीमा रोकियो बायर्न

बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख आरबी लेइपजीगसँग बराबरीमा रोकिएको छ । ६८ दिन लामो मध्य सिजनको ब्रेकपछिको पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।
खेलको ३७ औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले ३७ औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, तेस्रो स्थानमा रहेको लेइपजीगले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । मार्सेल हाल्सटेनबर्गले खेलको ५२ औँ मिनेटमा गोल गरेका थिए ।
इन्जुरी समयमा थोमस मुलरले बायर्नलाई जीत दिलाउने सुन्दर अवसर खेर फालेका थिए । यसअघि बार्यनका लागि सर्जी ग्नाब्रीको प्रहार पोस्टमा लागेको थियो भने लियोन गोर्टेज्काको गोल रद्द गरिएको थियो ।
१६ खेलपछि बार्यनको ३५ अङ्क रहेको छ भने तेस्रो स्थानमा रहेको लेइपजीगको २९ अङ्क रहेको । म्यानुअल नुयरले खुट्टा भाँच्दै बाँकी सिजन गुमाउने भएपछि भेटरान गोलकिपर यान सोमरले बायर्नका लागि खेलमा डेब्यू गरेका थिए । उनी हालै बोरुसिया मोचेनग्लाडब्याचबाट बायर्नमा अनुबन्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा