यौन दुर्व्यवहारको आरोपमा बार्सिलोनाका पूर्व डिफेन्डर आल्भेस पक्राउ
शनिबार, ०७ माघ २०७९, ०५ : ४१
बार्सिलोना । ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेन्डरमाथि गत डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई गलत तरिकाले छोएको आरोप छ ।
३९ वर्षीय खेलाडीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा पनि समावेश थिए । हाल उनी मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध रहेका थिए । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने