जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि

टोकियो । जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।
शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार १३ वर्षमा पहिलो पटक पुरुषको आत्महत्या दर बढेको उल्लेख छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो वर्ष सात हजार ४१ महिलाले आत्महत्या गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कम हो ।
जापानमा सन् २०१९ मा लगातार १० वर्षदेखि आत्महत्याका घटनामा निरन्तर कमी आएको भए पनि सन् २०२० मा विश्वव्यापी महामारीको सुरुवात भएदेखि नै तुलनात्मक रूपमा उच्च रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
सन् २०२० मा बेरोजगार व्यक्तिले आत्महत्या गर्नेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भई एक हजार ३८ पुगेको राष्ट्रिय प्रहरी निकायको अध्ययनमा आधारित मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
निवृत्तिभरण (पेन्सन) वा रोजगारीको सुविधा नपाएर जीवन यापन गरिरहेकामध्ये पाँच हजार ३४७ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।
मानिसहरुले आत्महत्या गर्नुको मुख्य कारण स्वास्थ्य समस्या रहेको रिपोर्टमा बताइएको छ ।
आत्महत्या गर्नेहरूमध्ये ११ हजार १२५ जनामा पारिवारिक समस्या देखिएको छ भने चार हजार २१४ जनामा पारिवारिक समस्या रहेको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२२ मा विद्यालय जाने उमेर समूहका बालबालिकाले आत्महत्या गर्नेको सङ्ख्या अघिल्लो वर्षकोभन्दा मात्र तीन सङ्ख्याले घटेर ४४१ पुगेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?