नेपालको हवाई सुरक्षा : ईयूको टोली तत्काल नेपाल नआउने
काठमाडौँ । गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यती एयरलाइन्सको (एन–एनएसी ७२ विमानका कारण नेपालको हवाई सुरक्षामा लागेको कालो धब्बा हट्ने सपना थप क्षीण भएको छ । नेपालको उड्डयन सुरक्षाबारे अनसाइट मूल्यांकन (फिल्ड अध्ययन) मै आउन लागेको युरोपेली युनियन (ईयू) को टोली तत्काल नेपाल नआउने भएको हो ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सो बारे जानकारी दिँदै ईयूले तत्काल भ्रमण र अध्ययन नहुने अवगत गराएको छ । यसअघि सन् २०२२ अप्रिल १३ देखि २५ सम्म अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालको हवाई सुरक्षा अडिट गर्दै ७०.१ प्रतिशतको स्कोर प्रदान गरेको थियो ।
आईकाओको विश्व औसत परिपालना दर (इफेक्टिभ इम्लिमेन्सन रेट) ६७.२ प्रतिशत र एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत हुँदै गर्दा नेपालले अधिकतम ७०.१ प्रतिशत अंकभार प्राप्त गरेपछि नेपाल ईयूको कालो सूचीबाट समेत हट्ने अपेक्षा गरिएको थियो ।
सोही रिपोर्टका आधारमा नेपालको हवाई सुरक्षाबारे स्थलगत रिपोर्टिङमा आउन लागेको ईयूको टोली गत आइतबारको पोखरा दुर्घटनापछि रोकिन पुगेको छ । हालै मात्र नेपाली आकाशमा ठूलो दुर्घटना घटेकाले तत्काल हवाई सुरक्षा सम्बन्धि अध्ययन नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
उसो त शुक्रबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई