दक्षिण कोरियाको एक बस्तीमा भीषण आगलागी : थुप्रै घर जले, आगो निभाउन सात हेलिकप्टर

दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् । आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको सहयोग लिइएको थियो ।
प्रभावित क्षेत्रका एक ७२ वर्षीय बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘ढोका खोल्ने बित्तिकै मैले आगो निस्किरहेको देखेँ ।’
‘मलाई लाग्यो कि यो गम्भीर दुर्घटना हो र म एक्लै भाग्नु हुँदैन । त्यसैले मैले मानिसहरूको ढोका ढकढकाउन थालेँ र कराउन थालेँ । त्यसपछि मानिसहरू बाहिर आए र कराउन थाले । ’
VIDEO: Around 500 people were forced to flee their homes after a fire broke out in a slum made of unlicensed dwellings located in Seoul's wealthy Gangnam district. One of South Korea's last remaining slums, Guryong village contains mostly structures made from vinyl plywood panels pic.twitter.com/3kySjlOpGm
— AFP News Agency (@AFP) January 20, 2023
आगलागीको कारण खुल्न नसकेको भएपनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ ।
यहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन् । कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ ।
पुनर्विकास योजनाका कारण विस्थापितहरूलाई सन् १९८० को दशकमा यहाँ पुनर्वास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान