वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
शुक्रबार, ०६ माघ २०७९, १५ : १८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् ।
शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
-
होली पर्व : कुन रङको विशेषता के ?
-
‘परालको आगो’मा प्रकाश सपुत अनुबन्धित
-
फागुपूर्णिमा प्रकृति पुनर्जागरणको दिन हो : प्रधानमन्त्री ओली
-
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनुज कार्कीको उम्मेदवारी सदर