आजदेखि चिकित्सक सङ्घको निर्वाचन
काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा.धनवहादुर रानामगरले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने निर्वाचनमा छ हजार चार सय जना मतदानमा सहभागी हुँदैछन् । भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ ।
काठमाडौँ उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवारहरु डा सन्तोष पौडेलको प्रगतिशील समूह, डा.अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा.शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’