पूर्वमन्त्री आङ्बोलाई प्रदेश १ को न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउन पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठकले आङ्बोको नेतृत्वमा मस्यौदा समिति गठन गर्ने सहमति गरेको हो ।
सो समितिमा एमालेबाट पूर्वमन्त्री रामबहादुर राना मगर र सत्ता गठबन्धनका अन्य दलहरु राप्रपा र जसपाबाट एक एक जना सदस्य रहनेछन् । ‘समितिले छिट्टै मस्यौदा बनाएर सरकारलाई दिनेछ,’ संयोजक आङ्बोले भने । पुस २५ मा प्रदेश १ सरकार गठन भएपनि हालसम्म सरकारले पूर्णता पाएको छैन ।
नियुक्त भएका ६ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । मन्त्रालय भागबण्डा र मन्त्रीलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धन घटक नेकपा एमाले र माओवादी केन्द्रबीच समझदारी गरेर गर्न अन्य सत्ता घटक राजनीतिक दलले सुझाव दिएको पनि आङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा गिरोना विजयी
-
वेष्ट ह्यामको आत्मघाती गोलले चेल्सीलाई ३ अंक चिठ्ठा
-
सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत