बार्सिलोना र रियल क्वाटरफाइनलमा
शुक्रबार, ०६ माघ २०७९, ११ : ४८

एजेन्सी । बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले एडी केउटालाई ५–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबेर्टाे लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै राफिन्हा, अन्सु फाती र फ्रान्क केसियाले एक–एक गोल गरे ।
शुक्रबार राति नै भएको अर्काे खेलमा भियारियललाई हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले भियारियलमाथि ३–२ गोलको जित निकालेको हो । रियलको जितमा भिनिसिउस जुनियर, इडर मिलिटो र ड्यानी काभालोसले एक–एक गोल गरे । यता भियारियलका लागि टिने कापोउ, समुयल चुकोउजले एक–एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास